काठमाडौं – बहुविवाह सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।
बहुविवाह सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आदेश दिएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई भदौ १५ गते थप छलफलका लागि बोलाएको छ ।
चलचित्र निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी गरेकी थिइन् । छवि र शिल्पाबीचको सम्बन्धमा खटपट आएको चर्चा भइरहेका बेला उनीहरूविरुद्ध बहुबिवाहको उजुरी परेको थियो ।