प्रहरीले गोरखाको प्रसिद्ध मनकामना मन्दिरका पुजारी इन्सास थापा मगरलाई बन्दुकसहित पक्राउ गरेको छ ।
मगरलाई शुक्रबार रातिको समयमा बन्दुक बोकेर हिंडिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले जानकारी दिए ।
तर, लाइसेन्स भएकाले थापा मगरलाई छाडिएको अधिकारीले बताए । तर, बन्दुक भने प्रहरी नियन्त्रणमै छ ।