शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टिकरण दिन स्वास्थ्य मन्त्रालय पुगेका छन्।
मन्त्रालयले पुनको नाममा पत्र काटेपछि आइतबार उनी मन्त्रालय पुगेका हुन् । शुक्रबार नै मन्त्रालयले पुनको नाममा पत्र पठाए पनि उनले आइतबार मात्र पत्र बुझेका छन्। उनले पत्रमा मन्त्रालयमा आउन उल्लेख रहेको भन्दै पत्रको विषयमा सबै कुरा अहिले नबोल्ने बताए।
पछिल्लो समय मन्त्रालयले डा. पुनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिएको भन्दै मर्यादा विपरीत गतिविधि गरेका कारण जवाफ मागेको जनाएको छ ।
यता डा. पुनले भने कोरोना भाइरसका बारेमा जनचेतनाका लागि बोलेको भन्दै जस्तोसुकै प्रश्नको सामना गर्न तयार रहेको बताउँदै आएका छन्।