logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइसोलेशन वार्डमा मृत्यु भएका बिरामीको रिपोर्ट कोरोना नेगेटिभ


अंकुरण खबर
871
Shares

शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ ।

गत शनिबार मृत्यु भएका बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

रुघाखोकी र दमबाट ग्रसित बेहनाको आइसोलेशन वार्डमै मृत्यु भएको थियो ।