logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, नदी छेउका बस्तीहरु प्रभावित


अंकुरण खबर
2.847K
Shares

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा आएको हो ।

राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो । रसुवा भन्सार याडमा भंसार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राती नै सार्ने काम गरिएको छ ।

जिल्लाको उत्तरगया गाँउपालिका १ मैलुङ तथा ५ को खाल्टे बगर क्षेत्रका भुकम्पबाट बिस्थापित भएका बासिन्दासमेत समयमै सुचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनाको कर्मचारी निवास जाने बेलि ब्रीज पुल बगाएको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको जनाईएको छ ।