logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

कुवेतमा थप ४ नेपालीमा कोरोना स‌ंक्रमण, अहिलेसम्म संक्रमित संख्या १९ पुग्यो


अंकुरण खबर
1.287K
Shares

कुवेतमा थप ४ जना नेपाली कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन्। यो सँगै कुवेतमा संक्रमित हुने नेपालीको संख्या १९ पुगेको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले सोमबार ४ नेपालीसहित ८० जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो।

कुवेत स्वास्थ्य मन्त्रालयको दोस्रो अपडेटमा ३ जना नेपाली नयाँ संक्रमित भएको उल्लेख छ। यसअघिको पहिलो अपडेटमा १ जना नेपाली संक्रमणमा परेको उल्लेख थियो।