logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङमा चट्याङ लागेर दुईको मृत्यु, सात घाइते


अंकुरण खबर
1.04K
Shares

हावाहुरी र असिनासँगै सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका-३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो ।

घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याललाई उपचारका लागि काठमाडौं लाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले जानाकारी दिए। गम्भीर घाइते अर्का एक जनाको काठमाडौंमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।