logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझै केही दिन चट्याङसँगै हावाहुरीसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह


अंकुरण खबर
949
Shares

स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशको अधिकांश भू-भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विकसित मेघगर्जन, चट्याङसहित वर्षा गराउने बादलका कारण मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर–पूर्वतिर सर्दै गएकाले अझै केही दिन हावाहुरी, मेघगर्जन, चट्याङ, असिनाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा रहेको जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा एक दशमलव छ मिलिमिटर वर्षा भएको छ। यस्तै पोखरामा दुई दशमलव दुई, धरानमा दुई दशमलव तीन, जोमसोममा एक दशमलव पाँच र जिरीमा दुई मिलिमिटर वर्षा भएको छ।