logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोबाइलमा पैसा सकियो ? आजदेखि ब्यालेन्स नभएपनि कुरा गर्न पाइने


अंकुरण खबर
1.209K
Shares

मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले आजदेखि सित्तैको सेवा उपलब्ध गराएको छ।

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको हो।

लकडाउन शुरु भएको मितिबाट ७ दिनसम्म अर्थात २०७६ चैत्र ११ देखि १८ सम्म कम्तिमा १ कल गरेका र मिति २०७७ बैशाख ८ गते मध्यरातमा ३३ पैसाभन्दा कम व्यालेन्स भएका मोबाइल नम्बरहरूमा उक्त प्याकेजसम्बन्धी सूचना एसएमएसबाट पठाइनेछ।

सो एसएमएस प्राप्त भएको दुई दिनभित्र सम्बन्धित मोबाइल प्रयोगकर्ताले उक्त एसएमएसमा उल्लेख गरिए अनुसार एसएमएसबाटै जवाफ फर्काउनु पर्नेछ। सम्बन्धित प्रयोगकर्ताले यसरी जवाफ फर्काएपछि कम्पनीले सो प्याकेज लागू गरी सोको जानकारी ग्राहकलाई पुनः एसएमएसबाट पठाउनेछ। मापदण्ड अनुसार प्याकेज प्राप्त गर्न सक्ने प्रयोगकर्तालाई ७ दिन म्याद रहेको प्याकेज उपलब्ध गराइनेछ ।

सो प्याकेज अन्तर्गत सेवाग्राहीले १०० एमबी डाटा चलाउने, ५० मिनेट भ्वाइस कल गर्ने (नेपाल टेलिकमको नेटवर्क भित्र) र २५ वटा एसएमएस पठाउने सुविधा (नेपाल टेलिकमको नेटवर्क भित्र) निःशुल्क प्राप्त गर्नेछन्।

कम्पनीले निर्धारण गरेको मापदण्ड बाहेकका नम्बरहरूमा सो प्याकेज उपलब्ध गराइने छैन । साथै, परिस्थिति र आवश्यकता अनुसार आगामी दिनहरूमा पनि कम्पनीले यस्ता योजनाहरु लागू गर्न सक्नेछ र सोको लागि मापदण्ड तयार गरी छनौट हुने नम्बरका ग्राहकलाई एसएमएस मार्फत नै जानकारी गराइनेछ।