logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आरडीटी पोजिटिभ देखिएका वडाध्यक्षको स्वाब रिपोर्ट निगेटिभ


अंकुरण खबर
897
Shares

धनुषाको जनकनन्दनी गाउँपालिकाका वडाध्यक्षको स्वाब रिपोर्ट निगेटिभ देखिएको हो।

सोमबार आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएपछि स्वाब परीक्षणका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो। प्रादेशिक अस्पताल जनकपुरमा स्वाब परीक्षण गर्दा निगेटिभ नतिजा आएको खजुरी हेल्थ पोस्टका इन्चार्ज अयोधीप्रसाद साहले जानकारी दिए।

उनी चैत २२ मा बिहार राज्यको मधुबनीबाट फर्केका थिए । स्थानीयको दबाबपछि प्रहरीले उनलाई २४ गते खजुरीस्थित क्वारेन्टाइनमा राखेको थियो।