logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छिमेकीलाई चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
1.222K
Shares

छिमेकीलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका-३ फगाम गाउँ बस्ने ४० वर्षीय दुर्गा प्रसाद थापा मगर रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण बहादुर बसेललाई सोही ठाउँस्थित महभिरमा मह काड्न गएको अवस्थामा थापा मगरले चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।

चक्कु प्रहारबाट घाइते भएका बसेललाई प्राथमिक स्वास्थ्य केन्द्र भुरुङ तातोपानी हुँदै थप उपचारका लागि बेनी अस्पतालतर्फ रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।