logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट विश्वमा अझै खराब स्थिति आउने विश्व स्वास्थ्य संगठनको चेतावनी


अंकुरण खबर
1.638K
Shares

कोरोनाबाट विश्वमा अझै खराब स्थिति आउने विश्व स्वास्थ्य संगठनको चेतावनीले दिएको छ।

संगठनका महानिर्देशक डा. टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन्।

उनले भने, ‘केभिड-१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले महामारीको नराम्रो रुप देख्नेछ।’ उनले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र यो भाइरसविरुद्द लड्ने प्रतिरोध क्षमता भएको दाबी गर्दै भाइरस विरुद्दको खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने चेतावनी दिए।

मंगलबार जेनेभामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा महानिर्देशक गिब्रियासले विश्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न समेत अपिल गरे । एजेन्सी