सरकारले जारी गरेको दल विभाजन सम्बन्धी अध्यादेशबारे नेकपा अध्यक्षद्वयले सांसदहरुसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सात नम्बर प्रदेशबाट सुरु भएको सांसदहरुसँगको छलफल प्रदेशगत, राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्यहरुसँग जारी रहने बताइएको छ ।
पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार एवं कोरोना विरुद्धको अभियानका सन्दर्भमा सांसदहरूसँग समूहगत छलफल थालिएको परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदिप ज्ञवालीले उल्लेख गरेका छन्।
जारी अध्यादेश,पार्टी स्थापना दिवस,पार्टीका आगामी कार्यभार एवं कोरोना विरुध्द अभियानका सन्दर्भमा सांसदहरूसँग समूहगत छलफल गर्ने सिलसिलामा सुदूर पश्चिम प्रदेशका माननीय सांसदहरूसँग पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्यू र अध्यक्ष कमरेड प्रचण्ड।
(प्रधानमन्त्री निवास,बालुवाटार) pic.twitter.com/pI0MakF7uT— Pradeep Gyawali (@PradeepgyawaliK) April 22, 2020