नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । पुनः तीन जनामा संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको छ ।
बुधबार थप तीन जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि नेपालमा कोरोना भाइरस संक्रमणको संख्या ४५ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा संक्रमण भएको जानकारी दिए।
तीन जना पुरुष रहेको र उनीहरुको उमेर २४ , ६० र ७२ बर्ष रहेको छ । यी तिनै जना उदयपुरको रहेको प्रवक्ता देवकोटले जानकारी दिए।