logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ


अंकुरण खबर
1.248K
Shares

लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन्।

उनलाई लकडाउन उल्लंघन तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसरी शाहीले लकडाउन उल्लंघन गरे भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

शाहीका आफन्तका अनुसार उनलाई मंगलबार राहत वितरण गर्नेक्रममा पक्राउ गरिएको हो। कोरोनाको महामारी रोकथामका लागि ३० दिनदेखि नेपालमा पनि लकडाउन जारी छ ।