सरकारले जारी गरेको लकडाउनका कारण दाङमा अलपत्र परेका रुकुम पूर्व र रोल्पाका व्यक्तिहरुलाई उद्धार गरेर घर पठाइएको छ ।
आज घोराही उपमहानगरपालिका र विपद् व्यवस्थापन समितिको सहयोगमा ५६ जनालाई घर पठाइएको हो । लकडाउनका कारण दैनिकी चलाउन मुस्किल बनेका हरुलाई उद्धार गरिएको हो ।
लकडाउनका कारण समस्यामा परेका सबै व्यक्तिहरुलाई घर पठाउन पहल गरेको विपद् व्यवस्थापन समितिका संयोजक अनिलराज सेर्पालीले जानकारी दिए ।