logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

अध्यादेशका कारण नेकपा फुट्दैन, थप बलियो हुन्छ : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.729K
Shares

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले कुनै हालतमा पार्टी नफुट्ने बताएका छन् ।

ओलीले नेकपा कमजोर नभई थप मजबुत हुने दाबी गरे ।  सरकारले पार्टीमा छलफलै नगरी राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश ल्याएको भन्दै नेकपामा विवाद चर्किएको थियो ।

विवादबीच अनेक शंका आशंका बढिरहेका बेला ओलीले बुधबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथमै राखेर राजधानीमा उपलब्ध पार्टीका सांसदहरुसँगको छलफलमा पार्टी एकतामा आशंका नगर्न आग्रह गरे ।

ओलीले भने, ‘अनेकथरि कुरा सुनेको छु । कतिपयले अध्यादेशका कारण नेकपा फुट्छ भन्दै हिंडेका छन्, तपाईंहरु ढुक्क हुनुस् । नेकपा फुट्दैन, थप बलियो हुन्छ ।’सरकारले पार्टी बलियो बनाउने काम गरिरहेको भन्दै धेरै नआत्तिन उनले आग्रह गरे ।

छलफलमा काठमाडौंमा उपलब्ध प्रदेश–१, बागमती, गण्डकी, प्रदेश पाँच र कर्णाली प्रदेशका सांसद सहभागी थिए ।