logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खुकुरी प्रहारबाट दाजुको हत्या, खुकरी सहित भाइ पक्राउ


अंकुरण खबर
2.249K
Shares

दोलखाको शैलुङ गाँउपालिका–३ मा खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् ।

मंगलवार राति ५३ वर्षीय भाइ रामबहादुर खड्काले आफ्नै सहोदर ५७ वर्षीय दाइ दुर्गाबहादुर खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

घाइते दाजु दुर्गाबहादुरलाई उपचारको लागि धुलिखेल अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्लाा प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घट्नाको जानकारी पाए लगतै प्रहरीले अभियुक्त रामबहादुर खड्कालाई खुकरी सहित पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा दाजु भाइबीच मौरीको घारको विषयमा झगडा हुँदा खुकुरी प्रहार भएको बुझिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।