logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो


अंकुरण खबर
988
Shares

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ।

बिहीबार उदयपुरकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय बालकमा कोरोना पोजिटिभ पाइएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दुवैमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका-३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोराना विशेष अस्पतालमा उपचार भइरहेको छ ।