पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका आमा छोरा ५८ वर्षीय छोरा र ८१ वर्षीया आमा निको भएर घर फर्केका छन्।
बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनीहरु निको भएर घर फर्केको बताएका हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै कोरोनाबाट निको हुनेको संख्या ९ जना पुगेको छ ।
बिहीबारसम्म नेपालमा आरडिटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पिसिआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्।
त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६जना रहेका छन्। क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेका छन्।