logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बागलुङकी संक्रमित युवतीको पाँचौं रिपोर्ट नेगेटिभ


अंकुरण खबर
923
Shares

कोभिड–१९ बाट सङक्रमित बागलुङ नगरपालिका-४ की १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।

‘बुधबार पठाइएको स्वाबको नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । भोलि नै अर्को परीक्षणका लागि नमूना पठाउँछौँ’, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने। छैटौँ जाँचको रिपोर्ट पनि नेगेटिभ आए युवतीलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ ।

हाल उनी अस्पतालको आइसोलेसन कक्षमा चिकित्सकीय निगरानीमा छन् ।

युवतीसँगै बेल्जियमबाट आउँदा सङ्क्रमितभएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला भने निको भएर केही दिनअघि घर फर्किसकेकी छन् । नेपालमा कूल ४५ सङ्क्रमितमध्ये ९ कोरोनामुक्त भइसकेका छन् ।