logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंबाट ७६ जना विद्यार्थी लिएर उड्यो श्रीलङ्कन एअर


अंकुरण खबर
819
Shares

श्रीलङ्काले नेपालमा रहेका आफ्ना विद्यार्थीलाई स्वदेश फर्काएको छ ।

नेपालमा रहेका ७६ जना विद्यार्थी बोकेर श्रीलङ्कन एअरको जहाज कोलम्बोतर्फ लागेको जेनिथ ट्राभलका म्यानेजर दिपक मैनालीले जानकारी दिए ।

जेनिथ ट्राभल्स श्रीलङ्कन एअरको नेपालको लागि जनरल सेल्स एजेन्ट (जीएसए) हो । आफूहरुले नै यहाँको दूतावास र नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर ७६ जना विद्यार्थीलाई श्रीलङ्का पठाएको म्यानेजर मैनालीले बताए ।

चीनको वुहान शहरबाट आफ्ना विद्यार्थी स्वदेश फिर्ता गरेको श्रीलङ्काले कोरोनाको महामारी फैलिएका अरु देशबाट पनि विद्यार्थी फिर्ता लगिरहेको छ ।

यसअघि श्रीलङ्काले मङ्गलबार पाकिस्तानको लाहोर र कराँचीबाट एक सय १३ जना विद्यार्थीलाई स्वदेश लगेको थियो ।