logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियामा कोरोना सङ्क्रमित दुई नेपाली निको भए, एक जना अस्पतालमा


अंकुरण खबर
1.17K
Shares

मलेसियामा कोरोना सङ्क्रमित दुई जना नेपाली निको भएका छन् ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको र उनीहरु मध्ये दुई जना निको भएर काममा फर्किएको जानकारी दिए ।

एक जना सङ्क्रमितको भने अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको राजदूत पाण्डेले बताए ।

मलेसियामा अहिलेसम्म ५ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ३५ सय ४२ जना निको भएका छन् भने १९ सय ६६ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोनाका कारण मलेसियामा ९५ जनाको ज्यान गएको छ ।