logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब लकडाउन कार्यान्वयनका ३ रणनीति, मोडालिटी बनाउन कार्यदल गठन


अंकुरण खबर
1.794K
Shares

सरकारले लकडाउनलाई केही खुकुलो बनाउने तयारी गरेको छ । लकडाउनले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारेको अवस्थामा आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन क्षेत्रगत रुपमा खुकुलो बनाउने भएको हो ।

लकडाउनको अवधि १ देखि २ सातासम्म बढाउन मन्त्रिपिरषद्लाई सिफारिस गरेको समितिले अब ३ तरिकाबाट लकडाउन अघि बढाउने तयारी गरेको छ ।

कोरोना संक्रमित देखिएर सबै निको भएको र लकडाउनपछि पनि भारतबाट नेपाल आएका जिल्ला, कोरोना संक्रमित नदेखिएका जिल्ला र कोरोना संक्रमित देखिएको जिल्ला विभाजन गरी लकडाउन लागु गर्ने भएको हो ।

अबको लकडाउन मोडालिटी तय गर्न शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यदलसमेत खडा गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्व रहेको कार्यदलमा गृह सचिव, पर्यटन, अर्थ सचिवलगायत विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख सदस्य रहका छन् ।