logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५१ पुग्यो


अंकुरण खबर
1.04K
Shares

नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।

अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।