कोरोना भाइरसबाट संक्रमित थप चार जना निको भएर घर फर्किएका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।
डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुको चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५औं दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित ५१ मध्ये १६ जना निको भएर घर फर्किएका छन्।