वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।
वीरगञ्ज-१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको आज आइतबार बिहान मृत्यु भएको थियो ।
उनको शनिबार तराई हस्पिटलमा २ पटक र नारायणी हस्पिटलमा १ पटक गरिएको आरडीटी परिक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । ब्लड क्यान्सरबाट पनि पीडित उनको र्यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।
उनमा कोरोना संक्रमणको आशंका देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो ।