झापाका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ ।
दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा सहभागी जमातीमा कोरोना भाइरस पुष्टि भएको हो ।
दमक नगरपालिकापछि बाह्रदशी गाउँपालिकाका ५० वर्षीय पुरुषमा आइतबार कोरोना पुष्टि भएसँगै जिल्लामा कोरोना बिरामीको संख्या दुई पुगेको छ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।