logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

खोलाले बगाएर ललितपुरमा १ जनाको मृत्यु


अंकुरण खबर
819
Shares

दक्षिण ललितपुरको बागमती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका–१ निवासी ४८ वर्षीय कालीबहादुर थिङ सो अवस्थामा फेला परेका हुन् ।

मकवानपुरबाट घर फर्कने क्रममा उक्त खोला तर्दा बगाई उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

आइतबार बेलुका थिङको शव ल्याई आज बिहान पाटन अस्पताल पोष्टमार्टमका लागि लगेको प्रहरीले जनाएको छ ।