logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
2.262K
Shares

नेपालमा उपचाररत् कोभिड-१९ का संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार सबैको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका हुन्।

नेपालमा अहिलेसम्म ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये १६ जना निको भइसकेका छन् भने बाँकी ३६ जनाको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

हालसम्म पिसिआर र आरडिटी विधिबाट गरिएको परीक्षणको कुल संख्या ५३ हजार ५ सय ३४ पुगेको प्रवक्ता देवकोटाले बताए। कूल परीक्षण संख्यामा पिसिआरबाट १० हजार ४ सय ७१ छ र आरडिटीबाट ४३ हजार ६३ परीक्षण भएको छ। त्यस्तै, देवकोटाका अनुसार देशैभर विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्या २० हजार १ सय ९५ रहेको छ।