नेपालमा रहेका अष्ट्रेलियाका नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि अष्ट्रेलिया जाने भएको छ।
काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सले अष्ट्रेलियाका लागि उडान भर्ने भएको हो । दुतावासले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ।
नेपाल सरकारले लकडाउन थप गरेपछि बाँकी रहेका आफ्ना नागरिकलाई मे ६ मा जहाज चार्टर गरेर फिर्ता लाने भएको दुतावासले जनाएको छ।
यसअघि अप्रिल १ मा पनि नेपाल एयरलाइन्सकै जहाज चार्टर गरेर अष्ट्रेलियाले आफ्ना नागरिक फिर्ता लिएको थियो।