logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

रोल्पामा क्वारेन्टाइनमा रहेका वृद्धको मृत्यु


अंकुरण खबर
1.326K
Shares

रोल्पाको माडी गाउँपालिकाको क्वारेन्टाइनमा एक वृद्धको मृत्यु भएको छ।

माडी गाउँपालिका-२ का ८२ वर्षीय तुलबहादुर परियारको सोमबार राति क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए।

परियार दमका बिरामी थिए। उपचारका लागि काठमाडौं आएका उनी केही दिनअघि छोराबुहारीसँगै गाउँ फर्किएका थिए। उनीसँगै ४५ जनालाई गाउँपालिकाले सञ्चालन गरेको भगवती आधारभूत विद्यालय मानिवाङको क्वारेन्टाइनमा राखेको थियो।

भक्तपुरस्थित कृष्णा इँट्टाभट्टामा मजदुरी गरेर फर्किएका ४५ जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ।

कोरोना भाइरस परीक्षण गर्न मृतकको स्वाब संकलनका लागि रेउघा अस्पतालबाट डाक्टरको टोली गाउँ पुगिसकेको जनाइएको छ ।