महाकाली नदीले बगाउँदा सख्त घाइते दार्चुलाकी एक महिलाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
दार्चुलाको महाकाली नगरपालिका ५, गल्फेमा महाकालीले बगाउँदा घाइते भएकी व्यास गाउँपालिका -१ की ३० वर्षीया सपना ऐतवालको कोहलपुरमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
आइतबार बिहान नदीमा बगिरहेको अवस्थामा सशस्त्र र नेपाल प्रहरीले उद्धार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्याइएको थियो ।
दार्चुला अस्पतालले अवस्था जटिल भनेपछि सेनाको हेलिकप्टरमार्फत ऐतवाललाई शिक्षण अस्पताल कोहलपुर ल्याइएको र उपचारका क्रममा मृत्यु भएको थियो ।
भेरी अस्पताल नेपालगन्जमा परीक्षणपछि आफन्तले शव घरतर्फ लगेका छन् ।