स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको जनाएको छ ।
रौतहटका दुई जनामा कारोना संक्रमण पोजिटिभ देखिएको बताउँदै उनीहरु दुबै भारतबाट आएर रौतहटको क्वारेन्टाइनमा बसेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले संक्रमित दुईको उमेर २४ र ३५ बर्ष रहेको पनि जानकारी दिए ।