सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएपछि भोलि साँझ ५ बजे सचिवालय बैठक बोलाइएको हो । पार्टी भित्र विवाद चरम उत्कर्षमा पुगेपछि दुई अध्यक्षले बैठक बोलाउने निर्णय गरेका हुन् ।
केही दिन अघि नेकपाका २० स्थायी कमिटी सदस्यहरुले लिखित रुपमा अध्यक्षद्वयलाई सामूहिक पत्र बुझाउँदै बैठकको माग गरेका थिए ।
नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन पार्टी भित्र दवाव सृजना हुदै आएको छ ।