logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो


अंकुरण खबर
1.053K
Shares

बहराइनमा थप ७७ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सँगै त्यहाँ कोरोना संक्रमित नेपालीको संख्या १ सय २६ पुगेको छ।

बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गरी कोरोना संक्रमित नेपालीको संख्या १ सय २६ पुगेको जनाएको छ।

यसअघि बहराइनमा ४९ जना संक्रमित थिए। बहराइनमा हालसम्म एक हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८ छ।

दूतावासले कोरोना भाइरस संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशन पूर्ण रुपमा पालना गर्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ।

यस्तै कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीको नाम र फोन नम्बर पनि उपलब्ध गराएको छ।

बहराइन सरकारले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बरसम्म माफी दिने निर्णय गरेको छ।