logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा हस्ताक्षर जारी, बहुमतको कसरतमा ओली


अंकुरण खबर
1.469K
Shares

पार्टीमा आएको उत्तरचढावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससदीय दलमा आफु बहुमत रहेको देखाउन आफु निकटका सांसदहरुलाई हस्ताक्षर गराएका छन् ।

पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुतको लडाइँ चलिरहेका बेला प्रधानमन्त्री ओलीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई हस्ताक्षर गराउन सुरु गरेका हुन् ।

हस्ताक्षरमा सहभागि भएका एक सांसदले बुधबार दिउँसोसम्ममा दुवै सदनका गरेर ६४ जना सांसदले हस्ताक्षर गरिसकेका जानकारी दिएका छन् ।

आन्तरिक विवाद र पछिल्लो घटनाक्रमको विषयमा छलफलका लागि साँझ ५ बजे सचिवालय बैठक बोलाइएको छ ।