logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

६ घण्टाको फरकमा कोरोनाबाट दम्पतीको मृत्यु


अंकुरण खबर
1.469K
Shares

कोरोना भाइरस ‘कोभिड १९’को संक्रमणबाट एक वृद्ध दम्पतीको एकै दिन ज्यान गएको छ ।

गत शनिबार अमेरिकी राज्य विसकनसिनको विसकनसिन अस्पतालमा म्यारी केपलर र उनका श्रीमान विलफोर्डको उपचारको क्रममा मृत्यु भएको सीएनएनले जनाएको छ ।

उनीहरुले ७३ वर्ष अगाडि विवाह गरेका थिए । विलफोर्डको मृत्यु भएको ६ घण्टापछि म्यारीको मृत्यु भएको थियो ।

दुवैलाई कोरोना भाइरसको संक्रमण भएकाले दुवैलाई अन्तिम दिनसम्म पनि एकै कोठामा राखेर उपचार गरिएको थियो ।

दुवैले अस्पतालको शैंयाबाट एक अर्कासँग माया र प्रेमका कुरा गर्ने गरेको वृद्ध दम्पतीका नातिनी नटेलिया लामेकाले बताइन् ।