भारतमा मजदुरी गर्न गएका १६ नेपाली महाकाली नदी तरेर फर्किएका छन् ।
भारत पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका उनीहरु लामो लकडाउनका कारण भोकभोकै परेपछि मरिने डरले बुधबार ट्युबमार्फत महाकाली नदी तरेर दार्चुला पुगेका हुन् ।
उनीहरु बैतडी र दार्चुलाका विभिन्न गाउँका हुन् । उनीहरुलाई महाकाली नगरपालिकाले क्वारेन्टिनमा राखेको छ।