logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

कैलालीमा कार्यालयभित्रै एक प्रहरी जवान मृत फेला


अंकुरण खबर
1.079K
Shares

कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत फेला परेका छन् ।

अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार प्रहरी कार्यालयभित्रै मृत फेला परेको हो । मंगलबार राति ब्यारेकमा खाना खाएर सुतेका थिए । बिहान ३ बजे ड्युटीको लागि उठाउन जाँदा मृत फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।