बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार ६७ वर्षीया कपुरको आज उपचारका क्रममा निधन भएको हो । विगत लामो समयदेखि क्यान्सरबाट पीडित कपुरलाई स्वास्थ्य अवस्था बिग्रिए पछि मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।
अमेरिकामा क्यान्सरको उपचार गराएपछि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए ।