logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माल्दिभ्समा कोरोनाबाट पहिलो ब्यक्तिको मृत्यु


अंकुरण खबर
1.3K
Shares

चीनको वुहानबाट सुरू भइ विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमबाट दक्षिण एसियाली मुलुक माल्दिभ्समा पहिलो ब्यक्ति मृत्यु भएको छ ।

स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार माल्दिभ्समा कोरोना भाइरसका कारण ८३ वर्षीय १ महिलाको मृत्यु भएको हो । बुधबार राति मालेस्थित अस्पतालमा भर्ना गरिएकी उनको मृत्यु भएको हो ।

माल्दिभ्समा कोरोना भाइरसबाट २८० जना संक्रमित भइसकेका छन् । यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन् ।

डब्लुएचओ प्रमुख सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।