पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा गएको २४ घन्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएको छ । ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
बिहीबार सम्म नेपालमा १२ हजार ११ को पिसिआरबाट कोरोना परीक्षण गरिँदा ४५ हजार ८ सय ६० को आरडिटीबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पिसिआर र आरडिटी दुबै विधिबाट नेपालमा जम्मा ५७ हजार ८ सय ७१ को नमुना परीक्षण भएको छ । मन्त्रालयका अनुसार, २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहँदा ८० जना आइसोलेसनमा रहेका छन् ।
नेपालमा ५७ जना संक्रमित छन् भने १६ जनालाई निको भइसकेको छ।