logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकसेवाका सबै परीक्षा र भर्ना कार्यक्रम स्थगित


अंकुरण खबर
1.157K
Shares

लोकसेवा आयोगले गर्ने पदपूर्तिका सबैजसो कार्यक्रम स्थगित भएको छ।

वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले आयोगलाई पदपूर्ति सम्वन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

विज्ञापनअनुसार सञ्चालन गर्न बाँकी रहेका परीक्षा र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने कार्य हाललाई स्थगित गर्ने निर्णय बैठकले गरेको जनाएको छ ।

यसअघि आयोगबाट भएको विज्ञापनअनुसार हुने परीक्षा अब अनिश्चित बनेको छ।