सत्तारढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालस्थित चिनियाँ राजदूत हाउ याङछीबीच भेटघाट भएको छ ।
शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा कोरोनाभाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको छ ।
भेटमा प्रचण्डले चीनले गरेको सहयोगको धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको प्रचण्डको सचिवालयले जनाएको छ । जवाफमा राजदूत यान्छीले चीन नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।
चीनले नेपाललाई कोरोना रोकथाम तथा उपचारका सहयोग उपलव्ध गर्दै आएको छ ।