logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमपहिरोमा हराएका सबैको शव फेला


अंकुरण खबर
1.339K
Shares

गत माघ ३ गते अन्नपूर्ण आधारशिविर पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका थप दुई जनाको शव फेला परेको छ ।

बेपत्तामध्ये एक नेपाली र अर्का एकजना कोरियन पर्यटकको शव शुक्रबार बिहान फेला परेको कास्की प्रहरीले जनाएको छ ।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीकाअनुसार दुईजनाको शव भेटिएसँगै हिमपहिरोमा हराएका सबैको शव फेला परेको छ ।

पाँचजनाको शव यसअघि नै फेला परेको थियो । एकजना कोरियन र अर्का एक नेपालीको शवमात्र फेला पार्न बाँकी रहेको थियो ।