logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

अछामको आइसोलेसन वार्डमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.04K
Shares

जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विकको आइसोलेसन वार्डमै मृत्यु भएपछि कोरोनाको आशंकामा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको थियो।

उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिए।

उनको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो। पिसिआर रिपोर्ट पनि नेगेटिभ नै आएको उनले बताए।