logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तर कोरियाली नेता किम जोङ सार्वजनिक


अंकुरण खबर
3.211K
Shares

मृत्युको हल्ला भएका उत्तर कोरियाली नेता किम जोङ करिब २० दिनपछि सार्वजनिक भएका छन् ।

उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले नेता किम जोङ सार्वजनिक भएको जानकारी दिएको हो ।

गत ११ अप्रिलपछि नेता किम सार्वजनिक रुपमा नदेखिएपछि उनको मृत्यु भएको हल्ला थियो । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमका अनुसार उनले अहिले एक रासायनिक मल बनाउने उद्योगको उद्घाटन गरेको जनाइएको छ । समचारका अनुसार नेता किम आफ्नी बहिनी किम यो जोङ र केही वरिष्ठ अधिकारीका साथ उपस्थित भएका थिए ।

यस अघि जोङ  ११ अप्रिलमा पोलिटब्युरोको बैठकमा सहभागी भएका थिए ।