logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : ७ घर र ५वटा घुम्ती पसल जलेर नष्ट


अंकुरण खबर
741
Shares

ताप्लेजुङ सदरमुकाममा आगलागी हुँदा सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।

सदरमुकाम फुङलिङ बजारमा भट्टराई होटल एण्ड लजबाट गएराति १० बजेदेखि लागेको आगो लागेको थियो । आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङे जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भए पनि एकीन कारण भने खुल्न सकेको छैन् । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।