logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक सम्पन्न : हाललाई विवाद मिल्यो,२५ गते स्थायी समिति बैठक बोलाउने निर्णय


अंकुरण खबर
1.001K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ। यसअघि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको हो ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । बैठकले आगामी बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यसअघि स्थायी कमिटी बैठकको आवश्यक तयारीका लागि वैशाख २४ गते सचिवालय बैठक बोलाइएको छ ।

त्यही सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको विषय खासै नउठेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले विधि, पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले गरेका जानकारी दिए । योसंगै हालका लागि यो विवाद साम्य भएको छ ।